काठमाडौं, १ कात्तिक– एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेले जित्ने भयकै कारण सत्तारुढ नेपाली कांग्रेसले चुनाव टार्ने प्रपञ्च गरेको आरोप लगाएका छन् ।
बुधवार बिहान प्रवासी नेपाली मञ्चका पदाधिकारीसँग एमाले मुख्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सरकारको नेतृत्व गरेको कांग्रेसले चुनाव सार्ने निहुँ खोजी हिंडेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अघि भने,‘चुनावको सवै तयारी भइरहेको बेलामा त्यसलाई प्रतिकूल असर पार्नैका लागि मन्त्रीपरिषद् विस्तार गरी ६४ सदस्यीय बनाइयो । तपाईंहरुले देख्नु भएकै छ, कुनै तर्कले यसलाई पुष्टि गर्न सकिंदैन’ नेपालले भन्नुभयो, ‘माओवादीका मन्त्रीहरु त्यही कारणले विना विभागीय बनाइएका छन्, मतपत्रको विषयलाई लिएर मुद्दा हालिएको छ ।’
नेपालले आफूहरु निर्वाचन टार्ने षडयन्त्रलाई सजगतापूर्वक हेरिरहेको बताए । ‘सर्वाेच्च अदालतमा आज निसु (निर्णय सुनाउने) भनिएको छ’ नेपालले भने,‘लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न अवरोध पुर्याउन भएका प्रयासलाई हमी सवैले सजगतापूर्वक हेर्नुपर्छ ।’




प्रतिक्रिया