चुनाव तोकिएको मितिमा हुने पक्का, एमाले र माओवादीको आशंका फेल खायो


१ कात्तिक, काठमाण्डौ । समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने मागसहित सर्वोच्च आदालमा रिट दायर भएपछि तोकिएको मितिमा चुनाव नहुने हो कि भन्ने आशंका बढेको थियो । आजै सर्वोच्चले उक्त रिटमाथि फैसला गर्ने भएपछि विहानैदेखि सबैको प्रतिक्षाको विषय बनेको थियो, सर्वोच्चको आदेश ।

तर रिटमा माग गरिएजस्तो अलग अलग मतपत्र हुनुपर्ने रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन । अब भने तोकिएकै मितिमा चुनाव नगर्ने वा नहुने आशंकाको अन्त्य भएको छ ।

सर्बोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलग अलग मतपत्र हुनुपर्ने भन्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको हो । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।

सर्बोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ ।
यसअघि सत्ता साझेदार माओवादीसहित एमालेका नेताहरुले सर्वोच्च अदालतको प्रयोग गरेर चुनाव सार्ने षडयन्त्र गरेको आरोप सरकारलाई लगाएका थिए ।