काठमाडौं, १ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) यो पटकको विश्व सम्मेलनमा आफ्नो पार्टीले भवन भट्टलाई अध्यक्षमा समर्थन गरेको बताए । उनले भने, नेपालमा एउटा परिवार दल छ, एनआरएनएमा परिवार हुनुहुँदैन भनेर भट्टलाई समर्थन गरेका हौँ।’
चुनावका बेला एमालेले पैसा लिएको भन्ने आरोपको खण्डन गरेका छन्। एनआरएनएको नवनिर्वा्चित कार्यसमितिको स्वागतमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ओलीले सम्मेलनका क्रममा एमालेका नेताहरुको नाम जोडेर पैसा लिएको भन्दै आएको समाचारको खण्डन गरेका हुन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नवनिर्वा्चित अध्यक्ष भवन भट्टलाई भने, ’नेपालमा राम्रा मान्छे मात्रै छैनन्, यो एमालेको बदनाम गर्ने उद्येश्यका लागि चर्चा गरिएको हो। कसैलाई पैसा दिनुभएको छ भने फिर्ता माग्नुस्।’
शेष घलेलाई आफ्नो पार्टीले यसअघि दुईचोटी समर्थन गरेको स्मरण गर्दै भने,‘तर यसपाली श्रीमतीलाई अगाडि सारेकोले समर्थन गर्ने अवस्था रहेन।’ गौतमबुद्धको जन्मथलोबारेको भ्रम चिर्न सुझाव उनले एनआरएनएका नवनिर्वा्चित पदाधिकारीलाई गौतमबुद्धको जन्मस्थलबारे छरिएको भ्रम चिर्न भूमिका खेल्न आग्रह गरे।
उनले गैरआवासीय नेपाली संघले साझा संस्थाको रुपमा काम गर्नुपर्ने सुझाव दिए। त्यस्तै एनआरएनएले निर्माण, रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक र राज्यको आयस्रोत बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया