लोकसेवामार्फत लाखौं युवाहरुलाई रोजगारी दिने अध्यक्ष मैनालीको विश्वास


‘समयमै चुनाव सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्छ’

काठमाडौं, २ कार्तिक । लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगमाफर्त छिट्टै दश लाख युवाहरुलाई रोजगार दिने विश्वास दिलाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मैनालीले यस्तो बताएका हुन् । उनले भने,‘आयोगमार्फत मुलुकमा युवाहरुको लागि रोजगारी सिजर्ना गर्न हामी गम्भिर छौं, रिक्त रहेका पदहरुमा पूर्ति गर्नको लागि हामीले प्रक्रिया सुरु गरेका छौं।’

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको देउसी–भैलोलाई शुभकामना दिँदै अध्यक्ष मैनालीले मुलुक चुनावमा होमिएकोले अब उक्त चुनावलाई समयमै सम्पन्न गर्नको लागि राज्यका सबै निकायहरु ढुक्क भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले भने,‘चुनाव तोकिएकै मितिमा सफल बनाउनको लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ, यो हाम्रो दायित्व हो, आयोगले हरतवरले सहयोग गर्नुपर्छ, जनताप्रति उत्तरदायी हुनुपर्छ।’

त्यस्तै उनले पत्रकारहरु भनेको चौथो अंगको मान्छे भएकोले सही र सथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मैनालीले पत्रकार ऋषि धमलाको नेपालगन्जमा घटेको आगलागीको घट्नाको स्मरण गराउँदै भने,‘त्यतिवेला ऋषिजी आगलागीमा पर्दा म गृहसचिव थिएँ, पूरानो घट्नामा मैले बचाउनको लागि सहयोग गरेको हुँ, उहाँको उद्धारको लागि मैले नै हेलिकप्टर पठाएको थिएँ, तर दाङसम्म पुगेर हेलिकप्टर फर्कियो ।’

उनले चाडपर्व पैसाको रुपमा भन्दा पनि भावनाको रुपमा मनाउने भएकोले सबैले चाडपर्वलाई खर्चिलो र भड्किलो बनाउनबाट बच्नुपर्ने सुझाव दिए ।