Logo

रिक्सा दुर्घटना, गर्भवतीसहित दुईको अवस्था गम्भीर



हेटौँडा, ३ कात्तिक (रासस) : मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा आज अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिनुभयो ।

ना१ह ९३५१ नंको अटो दुर्घटना हुँदा स्थानीय २५ वर्षीया गर्भवती मीनुकुमारी डिमडुङ र ५६ वर्षीया वसन्ती बम्जन गम्भीर घाइते हुनुभएको छ । घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी सोही वडाकी २१ वर्षीया बिन्दु बम्जन, २५ वर्र्षीय विजय स्याङ्तान र वडा नं ३ का नाम नखुलेका २८ वर्षीय व्यक्ति सामान्य घाइते भएका छन् । उहाँहरुको चुरे हिल हस्पिटलमा उपचार जारी छ ।

हेटौँडाबाट गइरहेको अटो सडकबाट ४० फिट तर खोल्चामा खसेको थियो । अटोका चालक मकवानपुरगढी– २ का प्रह्लाद घिमिरे हाल फरार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्