काठमाडौं, ३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमालेले प्रदेश नं. ६ का उम्मेदवारको टुंगो लगाएको छ ।
वाम गठबन्धनमा रहेको माओवादीसँग शुक्रबार सिटको भागबण्डा गरेपछि एमालेले आफ्नो भागमा परेका जिल्लाहरुमा उम्मेदवार छानेको हो ।
एमालेले प्रतिनिधिसभातर्फ मुगुमा गोपाल बम र डोल्पामा धनबहादुर बुढालाई टिकट दिएको छ । यस्तै प्रदेशसभातर्फ जाजरकोट ‘क’मा निरज आचार्य, ‘ख’ मा करवीर शाही, मुगु ‘क’मा दानसिंह परियार, ‘ख’मा चन्द्रबहादुर शाही,डोल्पा ‘क’मा नन्दसिंह बुढा, जुम्ला ‘ख’ मा पदम रोकाय र कालिकोट ‘क’मा कुर्मराज शाहीलाई टिक दिएको छ ।
त्यस्तै एमालेले प्रतिनिधिसभातर्फ दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरवबहादुर सिंह, बाजुरामा लालबहादुर थापालाई उम्मेदवार बनाउको छ ।
बझाङको उम्मेदवार बन्न पूर्वमन्त्री भानुभक्त जोसीले पनि दावेदारी प्रस्तुत गरेका थिए तर उनको साटो भैरवबहादुरले टिकट पाएका छन् । यस्तै प्रदेशसभातर्फ बैतडी ‘ख’मा लिलाधर भट्ट, बाजुरा ‘क’मा बलदेव रेग्मी, ‘ख’मा प्रकाश शाहले टिकट पाएका छन् ।
बझाङको ‘क’मा उम्मेदवार सिफारिश गर्ने क्रममा एमालेले भोटिङ नै गरेको थियो । ४७ मत ल्याएका जिल्ला अध्यक्ष डिलबहादुर सिंहले टिकट पाएनन् । एमालेले जिल्लाको निर्वाचनमा २४ मत पाएका अर्जुन थापालार्इ टिकट दिएको छ । दार्चुला ‘क’ भने नाम टुंगो लागेको छन् ।
प्रतिक्रिया