Logo

एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरे



काठमाडौँ, ४ कात्तिक । नकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । प्रदेशसभाको ७४ सिट मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट पाएको छ । प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ । चुनाबी तालमेलमा ६० र ४० को भागबण्डा गरिनुपर्ने माग गर्दै आएको माओवादीले पहिलो चरणको तालमेलमा सम्मानजनक सिट पाएको छ । दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो ।

प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिट एमालेको भागमा परेको छ । त्यसैगरी माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा २ र हुम्लाका सबै सीट आफ्नो भागमा पारेको छ । बाँकी चुनाव क्षेत्रका प्रदेशसभाहरुमा दुबै दलले लगभग बराबरी भागबण्डा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्