Logo

समाजसेवी डा. महतोद्धारा बहिनीको हातबाट टीका ग्रहण



काठमाडौँ, ४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् समाजेवी डा. उपेन्द्र महतो र उनका भाई पूर्व सांसद एवम् बैंकर डा. विरेन्द्र महतोले आफ्नी बहिनी जुली महतोको हातबाट टीका लगाएका छन् ।

महतो दाजुभाईले भाइटीका पर्वको उपलक्ष्यमा विहान साइतमै बहिनी जुलीको हातबाट टीका ग्रहण गरेका हुन् । टिका लगाइदिएपछि बहिनी जुलीले कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिईन् ।

डा. महतोले उक्त अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना समेत गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्