कालिकोट, ४ कार्तिक । कालिकोट काँग्रेसबाट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार बनेका छन् ।
आगामी मंसिर १० गते सम्पन्न हुने प्रदेश र प्रतिनिधि सभाको निर्बाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल तरुण दलका महासचिव शाही उम्मेद्वार बनेका हुन ।
विगत दुई बर्ष अगाडीदेखी सुन्दर कालिकोट समृद्ध कालिकोट अभियान थालेका तरुण महासचिव शाही यूवा पंतिले रुचाएका नेता हुन । कालिकोट जिल्लाको समग्र विकासको निम्ति निरन्तर लागि परेका नेता शाहीले जिल्लाको चिल्खाया गाविस स्थित भैसीगौडामा पक्की पुल, मुटु परीक्षणका लागि बिभिन्न क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर, शैक्षिक गुणस्तर अभिबृद्धि लागि कोष स्थापना तथा जेहेन्दार छात्रबृतिको स्थापना गरेका छन् ।
त्यस्तै माध्यामि शिक्षा परीक्षामा उत्कृष्ठ हुने कालिकोट जिल्लाका पाँच जनालाई छात्रबृति, जिल्लाका नागरिकहरुले बिशेषज्ञ डाक्टरको अभावका अकालमै ज्यान गुमाउनु पर्ने समस्यालाई हेरी आफ्नै पहलमा एक जना कालिकोट जिल्लाकै बिद्यार्थीलाई निशुल्क रुपमा एमबिबिएस डाक्टर पढ्नका लागि छात्रबृतिको व्यवस्था गरेका छन् ।
तरुण दलका महामन्त्री तथा समाजसेवी भुपेन्द्रजंग शाहीले द्धन्द्धकालमा ज्यान गुमाएका कर्णालीकै पहिलो पत्रकार कालिकोट जिल्लाको सिपखाना गाविस निवासी नवराज शर्माको सम्झनामा नवराज शर्मा स्मृति पत्रकारीता पुरस्कार स्थापनाका लागि नगद पचास हजार सहयोग गरेर अक्षयकोष स्थापना समेत गरेका छन् ।
सुन्दर कालिकोटलाई विकट नभई सुन्दरताको नामले राष्ट्रिय स्तरसम्म पहिचान बदल्ने, कालिकोटका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्नका लागि १५ शैयाको जिल्ला अस्पताल कालिकोटलाई स्तर बृद्धि गरी ५० शैयाको अस्पताल बनाउने काममा उनको भूमिका रहेको छ । गएको दशैमा दलित समुदायको हातबाट टिका ग्रहण गरेका तरुण महासचिव शाही समाजको आमुल परिवर्तनको लागि जीवन भर लागि पर्ने बताउछन।
तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पहलमा ५० शैयाको अस्पताल निमार्ण गरेका शाहीले तत्कालीन पर्यटन तथा नागरिक उड्डेयनमन्त्री जीवनबहादुर शाहीको पहलमा ३१ बर्षदेखी निर्माणाधिन सुनथराली विमानस्थलाई परिक्षण उडान, लालिघाटदेखी सुुनथराली बिमानस्थल जाने सडक निमार्णको काम सुरु, लालिघाटदेखी थिर्पु र नानिकोटको सिमानामा रहेको घाटा चौरसम्मका बिभिन्न १० वटा बजारहरुलाई नमुना बजारको रुपमा विकास गर्न पहल लगायतका कामहरु गर्न सफल नेता हुन।
त्यस्तै प्रदेश सभामाका लागि प्रदेश ‘क’ मा नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता टेकराज शाही र प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका पुर्व पार्टी सभापती तथा लोकप्रिय नेता कालीबहादुर सहकारीलाई उम्मेद्वार छानिएको छ ।
प्रतिक्रिया