काठमाडौं, ४ कार्तिक । आपुर्तिमन्त्री जयन्त चन्दले निर्वाचन निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न हुने विश्वास दिलाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा देउसी खेल्न पुगेको टोलीसँग आफ्नै निवास लोकन्थलीमा कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले भने,‘निर्वाचन निश्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न हुनुपर्छ, निश्चित भैसकेको छ, मंसिर १० र २१ गते हुने दुई चरणमा हुने निर्वाचन निश्चित भएको छ ।’
त्यस्तै उनले आफूले सम्हालेको आपुर्ति मन्त्रालय महत्वपूर्ण मन्त्रालय रहेको उल्लेख गर्दै भने,‘हामी चलाउ सरकार हौं, जनताका आश्यकत्ताका उपभोग्य साम्रगाीहरुको निरन्तर आपुर्ति, मुल्य सही, गुणस्तरीय पनि चुस्त गर्नुपर्छ, यसमा मेरो सम्पूर्ण ध्यान केन्द्रित भएको छ। आपुर्ति चुस्तदुरुस्त बनाउन आफूले कुनै कसर बाँकी नराखेको समेत मन्त्री चन्दको भनाई थियो ।
त्यस्तै उनले बजारमा देखिएको व्याप्त कालोबजारीको अन्त्य र कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कडा कारहबाही गर्ने समेत चेतावनी दिए ।




प्रतिक्रिया