काठमाडौं, ४ कात्तिक । नेपाली काँग्रेसले प्रथम चरण मंसिर १० मा निर्वाचन हुने ३२ जिल्लाका मध्ये ३० जिल्लाको प्रतिनिधि सभाको उमेद्वारको टुङगो लगाएको छ। ३० जिल्लामध्ये दुई जिल्लाका २ क्षेत्रमा भने काँग्रेसले राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिलाई समर्थन गर्नेछ। रसुवा र मुस्ताङमा उमेद्वारको टुङगो लाग्न बाँकी छ।
काँग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणालाई सघाउने भएको छ। गोरखा क्षेत्र नम्बर २ मा भने काँग्रेसले नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईलाई सघाउने भएको छ ।
सिन्धुपाल्चोक १ मा राप्रपा प्रजातान्त्रिकले काँग्रेस नेता मोहनबहादुर बस्नेतलाई मत दिनेछन् । गोरखाको क्षेत्र नं १ मा पनि नयाँशक्ति पार्टीले काँग्रेसका उमेद्वार चीनकाजी श्रेष्ठलाई सघाउने छ ।
प्रतिनिधि सभाको पहिलो चरणमा हुने चुनावमा काँग्रेसको तालमेल सिन्धुपाल्चोक २ र गोरखा २ मा मात्र रहेको छ। बाँकी ठाउँमा भने काँग्रेस एक्लै उठ्ने छ।
पहिलो चरणमै चुनाव हुने अन्य कतिपय जिल्लाका प्रदेश सभामा काँग्रेसले संघीय फोरम लगायतका दलसँग पनि तालमेल गरेको छ।
३० जिल्लामा नेपाली कांग्रेस र काँग्रेसका समर्थमा उठेका उम्मेवारहरु यस प्कोरकार छन्ः
ताप्लेजुङ- केशव दाहाल/ पाँचथर- भीष्मराज आङदेम्बे/संखुवासभा-दीपक खड्का/ भोजपुर- उमेशजंग रायमाझी/ खोटाङ- सरस्वती बजिमय/ सोलुखुम्बु- बलबहादुर केसी/ ओखलढुंगा- रामहरि खतिवडा/ सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत/ सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा -राप्रपा प्रजातान्त्रिक)
दोलखा-रुद्र खड्का/ रामेछाप- कान्छाराम तामाङ/नुवाकोट १ – डा. रामशरण महत/ नुवाकोट २- अर्जुननरसिंह केसी/ धादिङ १ – विश्व अर्याल
धादिङ २- दिलमान पाख्रिन/ लमजुङ- दिलबहादुर घर्ती/ मनाङ- टेकबहादुर गुरुङ/ म्याग्दी- खम्वीर गर्बुजा/ गोरखा १ – चीनकाजी श्रेष्ठ/ गोरखा २- बाबुराम भट्टराई -नयाँशक्ति/ बाग्लुङ १ –चम्पादेवी खड्का/ बाग्लुङ २- निरज पुन/ रुकुम पूर्व- गोपालजीजङ्ग शाह/ रुकुम पश्चिम- वीरबहादुर ओली/ रोल्पा- अमरसिंह पुन
जाजरकोट- राजीवविक्रम शाह/ कालीकोट- भूपेन्द्रजंग शाही/ हुम्ला- मंगल शाही/ जुम्ला- देवेन्द्र शाही/ मुगु- हस्तबहादुर मल्ल/ डोल्पा- अंगद बूढा
बझाङ- पृथ्वीबहादुर सिंह/ बाजुरा- कबिराज पण्डित/ बैतडी- नरबहादुर चन्द/ दार्चुला- विक्रम सिंह




प्रतिक्रिया