रामचन्द्र पौडेल र गोविन्दराज जोशी मिलाउने प्रयासमा तनहुँ कांग्रेस, जोशीको भेलामा उपस्थित नहुन आग्रह


  • – कमलमणि पोख्रेल

६ कात्तिक, तनहुँ । तनहुँ जिल्लाको क्षेत्र नम्बर १ मा को उम्मेदवार बन्ने भन्ने विवाद चुलिदै जाँदा जिल्ला समितिले पार्टीको अनुशानस विपरित नजान नेताहरुलाई आग्रह गरेको छ ।

१ नम्बरमा रामचन्द्र पौडेल र गोविन्दराज जोशी दुवैले प्रतिनिधीसभाको चुनावका लागि उम्मेदवारी दाबी गरेपछि विवाद बढ्दै गएको छ ।

तनहुँ कांग्रेसले सोमबार एक प्रेस विज्ञप्ती जारी गरेर पार्टी अनुशासन विरोधी गतिविधिहरुका स्वरहरु गुन्जिएको भन्दै कांग्रेस तनहुँको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
जिल्ला सभापति वैकुण्ठ न्यौपानेद्धारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रिय समितिमा रहेका नेता, पूर्व केन्द्रिय पदाधिकारी, सदस्य, निवर्तमान सासंद, पूर्व सभापति तथा आकांक्षी नेताहरुको न्यायपूर्ण व्यवस्थापनमा जिल्ला नेतृत्व इमानदारितापूर्वक क्रियाशिल भएको उल्लेख गरिएको छ ।

“सबै विकल्पमा केन्द्रिय सभापतिसमेतको संलग्नतामा उच्चस्तरीय छलफल चलिरहेको अवस्थामा विचलित नहुन सम्पूर्ण आकांक्षी उम्मेदवारहरुलाई नेपाली कांग्रेस तनहुँ हार्दिक अनुरोध गर्दछौँ ।” विज्ञप्तीमा भनिएको छ ।
पार्टीको संस्थागत निर्णय निर्णयप्रति दृढ रहन आग्रह गर्दै संस्थागत निर्णयविरुद्ध व्यक्तिगत भेलाहरुमा उपस्थित भई नेपाली कांग्रेसलाई कमजोर बनाउने अभियानमा सहभागि नहुनसमेत आग्रह गरिएको छ ।

यस अघि कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले सोमबार नै आगामी ११ गतेका लागि आफु निकटका नेता कार्यकर्ताको भेला गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए ।
मुलुकमा लोकतन्त्रवादीहरुको ऐक्यवद्धताको खाँचो रहेको औँल्याउँदै त्यसका लागि सबै एकजुट हुन तनहुँ कांग्रेसले आह्वान गरेको छ ।

Skip This

Omoda E5 Pro