स्तन क्यान्सर : समयमा नै उपचार गरौँ, नेपालमै निको हुन्छ


७ कात्तिक, काठमाण्डौ । धेरैले आज पनि क्यान्सर रोगलाई मृत्युसँग दाँज्छन् । क्यान्सर शब्द सुन्दा जति भयानक लाग्छ, त्यति डराउन आवश्यक नरहेको चिकित्सकहरु बताउँछन् ।

स्तन क्यान्सर रोग विशेषज्ञ डा.कपेन्द्रशेखर अमात्य भन्छन्, समयमै उपचार नगर्दा यो रोग मृत्युको कारण बन्न पुगेको हो, पहिलो चरणमै उपचार गरे पुर्ण निको हुन्छ ।

अधिकांश क्यान्सर रोगी नेपालको उपचारमा विश्वास नगरेकै कारण उपचाका लागि बढी भौंतारिरहेको उनले बताए ।

अहिले यसको सम्पुर्ण उपचार नेपालमै सम्भव छ, विरामीको भने भारततिर मात्रै आकर्षण छ ।

कति विरामी उताको उपचारबाट सन्तुष्ट नभएपछि मात्रै नोपलमा उपचारका लागि आउँछन्, उनले भने यसबारे प्रचारप्रसार आवश्यक छ । यो खबर आजको कान्तिपुरमा छ ।