अस्पताल र बिरामीबिचको सम्बन्ध चिसिदै, अस्पतालको लापरबाहीविरुद्ध दर्जनौं मुद्धा


७ कात्तिक, काठमाण्डौ । गत भदौ १३ गते काठमाडौं मैतीदेवीका रमेश आचार्यले १६ महिने छोरी भिक्टोरिया आचार्यको मुत्युलाई लिएर नर्भिक अस्पताल तथा अस्पतालका चार चिकित्सक डा. विनिता जोशी, ऋतृ लामिछाने , सुरेश लामिछाने तथा शलिना शाक्य विरुद्ध जिल्ला स्तरीय छानविन समितिमा मुद्धा दिएका छन् ।

अस्पताल पुगेको दुई घन्टाभित्रै छोरीको मृत्यु भएपछि चिकित्सकको लापरबाही कारण रहेको भन्दै उनले विभिन्न निकाय धाईसकेका छन् ।

उनी महानगरीय प्रहरी परिषद् टेकु हुँदै जिल्ला क्षतिपुर्ति समितिमा पुगेका हुन् ।

उनले समितिमा ११ करोड २४ हजार रुपैयाँ क्षतिपुर्तिको मागसहित मुद्धा दायर गरेका छन् ।

अस्पतालले भने उपचारमा लापबरबाही भएको कुरा अस्वीकार गर्दै आएको छ र स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाको संयोजकत्वमा बनेको छानविन समितिले मृत्युको कारण निमोनिया भएको रिपोर्ट पेश गरेको छ ।
यो खबर आजको नागरिकमा छ ।