काठमाडौं, ७ कार्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ३ महिना भित्र भूकप पीडितहरुको पीडालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालले ६ महिना भित्र भूकम्प पीडितहरुको आवास निर्माणको काम सम्पन्न गर्ने महत्वकांक्षी योजना पनि अघि सारेका छन् ।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ माघ २ गते भूकम्प दिवस अघि नै पुनर्निर्माणको कामले फड्को मार्ने दावी समेत गरे ।

प्रमुख कार्यकारी अधिकृत भुसालले भूकम्पले ध्वस्त बनाएको सम्पदाहरुको पुनर्निर्माणको काममा पनि तीव्रता दिने प्रतिवद्धता जनाए ।
प्रमुख कार्यकारी अधिकृत भुसालले भूकम्पपछिको पुनर्निर्माणको कामलाई गति दिन सरोकारवाला निकायबीच सामूहिक प्रयास गर्ने योजना पनि अघि सार्दै भूकम्पपछिको पुनर्निर्माणको काममा तीव्रता दिन सबैको साथ र सहयोगको आवश्यक्तामा पनि जोड दिएका छन् ।
प्रमुख कार्यकारी अधिकृत भुसालले भूकम्पपछिको पुनर्निर्माणको कामले गति नलिएकोमा आफू सचेत रहेको पनि स्पष्ट पारेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया