काठमाडौं, ८ कार्तिक । संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालवीच सिट संख्या बाँडफाँडमा सहमति भएपनि कुन क्षेत्रमा कसलाई उठाउने भन्ने विषयमा सहमति हुन सकेको छैन।
फोरम र राजपा नेपालवीच कुन क्षेत्रमा कसलाई उम्मेद्धवार उठाउने भन्ने विषयमा ठोस सहमति हुन नसक्दा कांग्रेससँगको चुनावी तालमेल समेत अन्यौलमा परेको छ। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यही विषयमा सहमति जुटाउनको लागि जनकपुरबाट आज एक्कासी काठमाडौं आएका छन् ।
राजपा नेपालले पनि आफ्ना उम्मेद्धवारहरुलाई फोरम नेपालको पकड भएका क्षेत्रमा उठाउने जिकिरि गरेपछि फोरम नेपालका नेताहरु असन्तुष्ट बनेका छन् । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष यादववीच आजपनि भेटवार्ता हुँदैछ ।




प्रतिक्रिया