काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको वाम गठबन्धन भारत र अमेरिकाले रापेको विउ भएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंको टुँडिखेलमा एक सयौं अक्टोबर क्रान्ति दिवसको अवसरमा आयोजित बृहत्त आम सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘एमाले र माओवादी केन्द्रवीच अहिले बनेको गठबन्धन बाम साम केही होईन, यो हल्लामात्रै हो, यो वामभन्दा पनि मिलेर खाने दामगठबन्धन हो।’
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया