माओवादी केन्द्रका नेता भन्छन्, “छुट्टै मतपत्र छाप्न केले रोक्यो ? निर्वाचन आयोगले प्रष्ट रुपमा भन्नसक्नुपर्छ ।”


९ कात्तिक, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले सर्वोच्च अदालतले बुधवार निर्वाचन आयोगलाई दिएको आदेश कानुनबमोजिम भएको बताएका छन् ।

“प्रत्यक्षतर्फको चुनावका लागि प्रदेशसभा र प्रतिनिधीसभाको ऐन नै बेग्लाबेग्लै भएकाले छुट्टछुट्टै मतपत्र छाप्नुपर्ने कानुनी व्यवस्था देखिन्छ ।” बरिष्ठ अधिवक्तासमेत रहेका नेता बिडारीले भने ।
निर्वाचन आयोगलाई पनि कानुनअनुसार मतपत्र छाप्ने अधिकार भएको भन्दै नेता बिडारीले नियम अनुसार नै आयोगले काम गर्नुपर्ने औँल्याए ।

अदालतको अदेशले निर्वाचन प्रक्रिया नरोकिने भन्दै बिडारीले अदालतलाई जवाफ पनि दिने र निर्वाचन प्रक्रिया पने जारी राख्ने काम आयोगले गर्नुपर्ने बताए ।
मतपत्र छाप्न बाँकी नै रहेकाले अदालतको आदेश अनुसार मतपत्र छप्न सकिने तर्क बिडारीले गरेका छन् ।
“छुट्टै मतपत्र छाप्न केले रोक्यो ? केले रोकेको छ भन्ने कुरा निर्वाचन आयोगले प्रष्ट रुपमा भन्नसक्नुपर्छ ।” विडारीको भनाई छ ।