रौतहटमा ऋषि धमलाको खोजी भएको राजपा नेपालका महासचिवको खुलासा


काठमाडौं, ९ कार्तिक । राजपा नेपालका महासचिव गोविन्द चौधरीले पत्रकार ऋषि धमलालाई रौतहट झर्नको लागि पत्रकार ऋषि धमलालाई आग्रह गरेका छन् ।

बिहीबार विहान नेपाली बहसमा कुरा गर्दै उनले पत्रकार ऋषि धमलाको चर्चा मधेशमा व्यापक रहेकोले तत्काल मधेश झर्नको लागि आग्रह गरेका हुन् । उनले भनेका छन्,‘तपाई काठमाडौंमा के बसिरहनुभएको छ, तपाईको चर्चा यहाँ रौतहटमा व्यापक छ।’

उनले धमला रौतहटको क्षेत्र नम्बर ४ बाट साझा उम्मेद्धवारको रुपमा चुनाव लड्ने भएपछि अहिले उनको उक्त क्षेत्रमा व्यापक खोजी भैरहेको समेत बताए । उनले भने,‘तपाई आउनुहोस् न किन काठमाडौंमा अल्झेर बस्नुभएको छ, चुनाव लड्ने चर्चा भएको छ, गज्जबको चर्चा छ, जता गयो धमलाजीको मात्रै नाम छ।’