काठमाडौं, ९ कात्तिक । कृषिमन्त्री रामकृष्ण यादवले पत्रकार ऋषि धमलालाई आफूहरु तराई मधेशको जुनसुकै क्षेत्रबाट पनि साझा उम्मेद्धवारको रुपमा चुनाव उठाउन तयार रहेको विश्वास व्यक्त गरेका छन् ।
यादवले नेपालको लोकतन्त्रतान्त्रिक आन्दोलनमा रिपोर्टर्स क्लब नेपालका सभापति धमलाले खेलेको भूमिकाको मुक्तकण्ठले प्रसंशा गर्दै मन्त्री यादवले रौतहट ४ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि उम्मेदवार बनाउन काँग्रेस तयार रहेको बताए।
रिपोर्टर्स क्लब नेपालले बिहिबार गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘धमालाले लोकतन्त्र स्थापनाको लागि निक्कै ठूलो संघर्ष गर्नु भएको व्यक्ति हो, कांग्रेसले त्यसको उचित मूल्याङ्कन गर्नेछ, उहाँले प्रेस स्वतन्त्रता आन्दोलनमा पनि उल्लेखनीय भूमिका खेल्नुभएको छ, उहाँ जस्तो योग्य सक्षम व्यक्तिले काँग्रेसले उम्मेद्वार बनाउँदा फाईदा हुन्छ, मधेशमा उहाँको माग छ जनताको बीचमा लोकप्रिय हुनुहुन्छ, यसका बारेमा पार्टीभित्र छलफल सुरु भएको छ, उहाँलाई चुनावमा उट्न आग्रह गर्छ।’
ट्याक्टर खरिदमा लाग्ने भ्याटको बारेमा मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री यादवले कृषकहरुको हितमा काम गर्ने वचन दिएका छन्।




प्रतिक्रिया