काठमाडौं, १० कार्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले गोरखालाई फेरी एकचोटी चर्चाएमा पुर्याएको छ ।
गोरखा क्षेत्र नं. २ मा नयाशक्तिका संयोजक डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ट नेता नारायणकाजी श्रेष्ठबीचको प्रतिस्पर्धालाई बहुप्रतिक्षित भिडन्तको रुपमा हेरिएको छ ।
माओवादी केन्द्र र एमाले सम्मिलित वाम गठबन्धनबाट श्रेष्ठ र कांग्रेस र नयाँशक्ति सम्मिलत लोकतान्त्रिक गठबन्धनवाट भट्टराई चुनावी मैदानमा होमिएका छन् ।
प्रतिनिधिसभामा ‘ठूला’ उम्मेदवारहरुबीचको प्रतिस्पर्धा रोचक बनिरहँदा ‘ठूला’ उम्मेदवारको लागि चुनौतीमा देखिएका छन् विवेकशील साझाको युवा उम्मेदवार नवराज थापा ।
थापाले युवावर्गको भोट तान्ने हुनाले उनको मतको कारण नै ठूला नेतामध्ये एक नेताको राजनितीक भविष्य अन्योलमा देखिएको छ ।
दूरदर्शिता, इमान्दारी राख्दै समग्र भष्ट्रचार मुक्त गोरखा र देशको समृद्धि उम्मेदवारी दिएको बताउँदै आएका थापाले आफ्नो जित नभएपनि आफ्नो पक्षमा जनलहर राम्रै भएको दाबी गर्दै आएका छन् ।
गोरखामा नेपाली काँग्रेस–नयाँ शक्ति र बामगठबन्धन बीच चुनावी तालमेल भइरहेको बेला विवेकशिल साझाले भने कुनै पार्टीसँग तालमेल नगरी एकल उम्मेदवार उभ्याएको छ ।
युवा नेतृत्व, दूरदर्शिता र ईमान्दारिताको लागि उम्मेदवारी दिएको गोरखा २ का उम्मेदवार थापाले आफ्नो उम्मेदवारी अरुका बिरुद्ध नभई जनताको पक्षका निम्ति भएको बताए ।
युवालाई स्वदेशमै रोजगार, स्वदेशी उत्पादनको प्रथामिकता, भ्रष्टाचार, कुसंस्कृति र माफियातन्त्र, उद्यमशीलतालाई जोड, युवावर्गलाई समेटेर स्कुल स्कुलमा सिप मूलक तालिम लगायत आफ्नो चुनावी एजेन्डा रहेको उनले बताए ।
विवेकशील साझाले दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट अमृत पुडासैनी र २ बाट नवराज थापा उम्मेदवार उठाएको छ ।
गोरखा २ मा नेपाली काँग्रेस र नयाँ शक्ति नेपालका साझा उम्मेदवार पूर्व प्रधानमन्त्री ड.बाबुराम भट्टराई, माओवादी एमाले गठबन्धनबाट माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्टि पाटीका नारायण अधिकारीसँग थापा प्रतिस्पर्धामा उत्रेका छन् ।




प्रतिक्रिया