अन्ततः प्रचण्ड चितवन ३ बाटै चुनाव लड्ने पक्का


काठमाडौं, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर ३ बाट चुनाव उठने भएका छन् ।

पछिल्लो समय प्रचण्ड कहाँबाट चुनाव लड्ने भन्नेबारे कुनै टुँगो छैन । कतिपयले प्रचण्ड चितवन छोडेर प्युठान जाने समेत हल्ला चलेको थियो । तर उनको सचिवालयले प्युठानबाट उठ्ने हल्लामात्रै भएको भन्दै चितवनको क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने पूर्वघोषित निर्णय परिवर्तन नभएको स्पष्ट पारेका थियो ।

शुक्रबार विहान नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने,‘हाम्रो अध्यक्ष प्रचण्ड कामरेड चितवनको क्ष्ोत्र नम्बर ३ बाटै उठ्नुपर्छ, यो निर्णय भैसकेको कुरा हो।’