१० कात्तिक, ताप्लेजुङ । पाथिभरा दर्शन गर्न गएकी राष्ट्रपति विद्यादेवी भण्डारी खराब मौसमका कारण पाथिभरा पुग्न पाइनन् ।
शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट ताप्लेजुङ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी खराव मौसमका कारण पाथीभरा पुग्न नसकेकी हुन् ।
पाथीभरामा अवतरण हुन नसकेपछि हेलिकप्टर सुकेटार बिमानस्थलमा अवतरण गरिएको थियो ।
राष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित भएकी हुन् ।
स्वर्गीय पति मदन भण्डारीको जन्मस्थलमा गरिने नागरिक अभिनन्दनका लागि राष्ट्रपति ताप्लेजुङ पुगेकी हुन् ।
पाथीभरामा अवतरण हुन नसकेपछि उनले हेलिकप्टरबाटै उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकन भने गरेकी छन् ।
दिउँसोसम्म पनि मौसममा सुधार नआएपछि राष्ट्रपति भण्डारी नागरिक अभिनन्दनका लागि मदन भण्डारीको जन्मस्थल मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु पुगेकी छन् ।
त्यहाँ उनले पति भण्डारीको जन्मघरको अवलोकन गर्ने्छिन् भने मैवाखोला गाउँपालिका र मैवाखोला सेवा समाजले गर्ने अभिनन्दन ग्रहण गर्नेछिन् ।




प्रतिक्रिया