काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । उनले बाम गठबन्धन नेपाली कांग्रसका लागि चुनौती मात्रै नभएर अवसर समेत भएको स्पष्ट पारे ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमाले–नेकपा माओवादी केन्द्रवीचको बाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै अघि बढ्ने बताएका हुन् ।
उनले प्रजातन्त्रको रक्षाका लागि गाउँ–गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि तरुण दलका नेता, कार्यकर्तालाई सचेत गराए ।
कांग्रेस सभापति समेत रहेका देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गर्दै कांग्रेसको विजय रोक्न अव कुनैपनि शक्तिले नसक्ने ठोकुवा नै गरे । उनले बामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहनुपर्नेमा पनि जोड दिए ।




प्रतिक्रिया