कार्तिक १०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन बनेकै कारण विजयकुमार गच्छादार नेपाली कांग्रेसमा फर्किने वातावरण बनेको दाबी गरेका छन् ।
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै दाहालले गच्छादार कांग्रेसमा फर्किनु कांग्रेसका लागि अनुकुल भएको भएकाले वाम गठबन्धनका कारण कांग्रेस एकढिक्का भएको तर्क गरे । वाम गठबन्धन निर्माणपछि कांग्रेसभित्रको अराजकतालाई हल गर्न मद्दत मिलेको भन्दै दाहालले माओवादी र आफुलाई कांग्रेसले धन्यवाद दिनुपर्नेसमेत बताए ।
वाम गठबन्धन कसैलाई कमजोुर बनाउन वा षडयन्त्र गर्नका लागि नबनाइएको जिकिर दाहालले गरे । वाम एकताको प्रक्रियापछि मुलुक राजनीतिक स्थिरतातर्फ जान खोजेको दाहालको दाबी थियो ।
वाम गठबन्धनले एउटा तरंग ल्याएको भन्दै उनले आफ्नो राजनीतिक एजेन्डा नेपाल र नेपाली जनताको अभिमत अनुसार रहेको जिकिर गरे ।
निर्वाचनमा विभिन्न तालमेल हुने भएकाले वाम गठबन्धनलाई सहज र स्वभाविकरुपमा लिनुपर्ने भन्दै उनले यसलाई लोकतान्त्रिक अभ्यासभित्रैको कुरा लिनुपर्ने बताए ।
लोकतन्त्र, राजनीतिक स्थिरता र आर्थिक समृद्धिकालागि निर्वाचन अपरिहार्य रहेको र निर्वाचनबारे कहिकतैबाट अन्यौल वा भ्रम सिर्जना गर्न नहुने उनले बताए । अहिले निर्वाचन हुँदैनकी भन्ने शंका भन्दा पनि एउटा सजगता रहेको उनको स्पष्टोक्ति छ ।
अहिले निर्वाचनकालागि कोही पनि सत्ता र प्रतिपक्ष नरहेको उनले बताए । सबै दल मिलेकाले निर्वाचनकालागि राष्ट्रिय वातावरण बनेको उनको भनाई थियो ।




प्रतिक्रिया