काठमाडौं, ११ कार्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खसेको छ । उक्त बस दुर्घटना मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार १६ जनाको सव उद्धार गरिएपनि पहिचान हुन सकेको छैन । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो ।
सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको बसमा कति यात्रु थिए भन्ने एकीन हुन सकेको छैन । घाइतेहरुका अनुसार ५० जना भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ ।




प्रतिक्रिया