कांग्रेसले लगातार संसदमा यी महिलाहरुलाई ल्याईरहनुको कारण के हो ?


काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि समानुपातिकको सुचि तयार पारेको छ ।

कांग्रेस केन्द्रिय कार्यसमितिले यसअघि समानुपातिकबाट सांसद बनिसकेकाहरुलाई पूनः नदोहोर्याउन निर्णय गरेको थियो । तर, उक्त निर्णय गरेको महिना बित्न नपाउँदै कांग्रेस शीर्ष नेताहरुले आफूले गरेको निर्णय नै बिर्सिएर पूनः यसअघि नै सांसद बनिसकेकाहरुलाई दोहोर्याउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, मिनेन्द्र रिजालदेखि लिएर खुम बहादुर खड्कासम्मले आफू निकटका महिलाहरुलाई समानुपातिकको उम्मेद्धवार बनाएपछि पार्टीभित्र अहिले बबण्डर मच्चिएको छ । कतिपयले परिवारवाद लाद्न खोजेको समेत आरोप लगाएका छन् ।

को–को महिला छन् त समानुपातिकको सुचिमा ?
डा. आरजु राणा देउवा, शिला खड्का, डिना उपाध्याय, सिता गुरुङ, सुजाता कोइराला सहमतिमै दोहोर्याउने, सुजाता परियार, सरिता प्रसाई, कमला पन्त, चित्रालेखा यादव, ईश्वरी न्यौपाने, दिपशिखा शर्मा ढकाल, मधु शाही ठकुरी, महेन्द्र कुमारी लिम्बु, अमिय कुमार यादव, महालक्ष्मी उपाध्याय रहेका छन् ।

त्यस्तै पुरुषहरुमा कुलबहादुर गुरुङ, मान बहादुर विश्वकर्मा र, सुर्य गुरुङलाई दोहोर्याउने निर्णय गरेको छ ।