काठमाडौं, ११ कार्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि काँस्की नेपाली कांग्रेसभित्र टिकटलाई लिएर अहिले चर्को बहस सुरु भएको छ । ०७२ साल साउन २८ गते पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका नेता रामजी प्रसाद पौडेल बादलको हत्या भएको थियो ।
तत्कालिन पार्टी सभापति सुशिल कोइराला निकट मानिने नेताहरु बुद्धिमान गुरुङ्ग उक्त हत्या अभियोगमा मुछिएका थिए । उनले नै पौडेलको हत्यामा गुण्डाहरु खटाउने काम गरेको भनेर त्यतिवेला समाचार पनि आएका थिए । त्यस्तै अर्का नेता राजेन्द्र लामिछानेको भान्जोले हत्या गरेर मारेको हो भनि नेता गुरुगले आरोप लगाएका थिए । तर हत्या आरोपमा जेलमा रहेका यी नेताहरुलाई माथिको दबाबले जेलमुक्त गरिएपछि काँस्कीमा निकै ठूलो विवाद चर्किएको थियो ।
स्रोतका अनुसार तत्कालिन प्रधानमन्त्री कोइरालाको दबाबमा मुद्दा चलाउन नपर्ने भन्नेमा आरोपीहरुलाई छोडिएको थियो । हत्या भएको अहिले २ वर्ष बित्यो तर पीडितले न्याय पाएको छैन् । आगामी मंसिरमा हुने निर्वाचनको लागि प्रदेश सभाको १ को “क” मा प्रत्यक्ष तर्फको उनीहरु उम्मेद्धवारको लागि आकांक्षी छन् । बुद्धिमान गुरुग र राजेन्द्र लामिछाने नै उम्मेद्धवार बन्ने भन्दै टिकटको लागि नेताको घरमा धाउन थालेपछि काँस्कीमा अहिले ठूलो विरोध भैरहेको छ ।
मृत्तक पौडेलकी पत्नी चन्द्रवती पौडेललाई भने समानुपातिक सुचिमा राखिएको छ । उनी पनि आफ्नो पतीको हत्यामा सलंग्न आरोपीहरुलाई कुनैपनि हालतमा टिकट दिनुहुँदैन भन्दै विरोधमा उत्रिएकी छिन् ।
प्रदेश १ को केन्द्रीय संसदमा भने हालका कानून मन्त्री यज्ञबहादुर थापाको नाम सिफारिश भएको छ । त्यस्तै १ को ख मा जिल्ला सभापति कृष्ण केसीले टिकट पाउने पक्कापक्की भएको छ ।




प्रतिक्रिया