धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको ट्र्याक खुल्यो


१२ कात्तिक, काठमाण्डौ । धरान-चतरा-गाइघाट-कटारी-सिन्धुली-हेटौंडा सडकको ट्र्याक खुलेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

पहाडी क्षेत्रलाई लक्षित गरी पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा एक वर्षअघि यो सडक निर्माण सुरु गरिएको हो ।

तीन वर्षभित्र ११ मिटर चौडाईको दुई लेन सडक निर्माण गर्ने गरी पश्चिमखण्ड इकाइ सडक आयोजनाले निर्माणको काम गरिरहेको छ ।

आयोजनाले शनिबार हेटौंडामा अन्तरक्रिया गरी यसबारे जानकारी गराएको हो ।

कार्यक्रममा निर्माण कम्पनी, इन्जिनियर र सरोकारवालाको सहभागितामा थियो ।

धरानदेखि हेटौंडासम्म सवारी ओहोरदोहर गर्ने गरी ट्र्याक खोल्ने कार्य सकिएको कार्यक्रमा जानकारी दिइयो ।

योजनाका पश्चिखण्ड प्रमुख कर्णबहादुर रानाभाटले सडकको भौतिक प्रगति करिब पाँच प्रतिशत मात्र देखिए पनि सामाजिक तथा आर्थिक प्रगति करिब १५ प्रतिशत भइसकेको जानकारी दिए ।