कुलमान घिसिङको निर्देशनप्रति कर्मचारीको वेवास्ता


१२ कात्तिक, काठमाण्डौ । नेपाल विधुत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोाजनास्थलमै साई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिांश प्रमुखले बेवास्ता गरेका छन् ।

जलविधुत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ ।

आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन् ।

केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान पटकपटक निर्देशन दिईसकेको छ ।

प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविधुत उत्पादन तथा प्रसारण लाईन आयोजना प्रमुखलगायत कर्मचारीलाई अयोजनास्थलमै बस्न पटकपटक आग्रह गरेको हो ।, यो खबर आजको नागरिकमा छ ।