कात्तिक १२, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पत्रकार ऋषि धमलालाई चुनावमा नउठ्न सल्लाह दिएका छन् । वरिष्ठ पत्रकारको हैसियतले नेपाली जनताको आवाज उठाएर महत्वपूर्ण योगदान दिइरहेको भन्दै भण्डारीले धमलालाइ राजनीतिमा नआउन सल्लाह दिएका छन् ।
किन राजनीतिमा आउनुप¥यो भन्दै भण्डारीले नेपालको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिएको व्यक्ति भएकाले अझै केही वर्ष पत्रकारिता नछाड्न आग्रह गरेका हुन् ।”तपाई नम्बर वान पत्रकार, चुनाव पनि जित्नुहुन्छ, तर अहिले पत्रकारितालाई आमुल परिवर्तन गर्न तपाईको भूमिका आवश्यक छ ।” भण्डारीले भने ।
“लोकतन्त्र र संविधान कार्यान्वयनका लागि तपाई जस्तो पत्रकारको खाँचो छ ।” भण्डारीले भने ।
जनताको मुद्दामा बहस गर्ने पत्रकारको कमी भएको बेलामा धमलालाई पत्रकारिता नछाड्न उनको आग्रह थियो । मधेशमा प्रत्यक्ष चुनावमा लड्न माग भइरहेका बेला भण्डारीले भने पत्रकारिता नछाड्न जोड दिएका हुन् । धमलालाई रौतहट ४ बाट प्रत्यक्षमा टिकट दिने चर्चा चलिरहेको छ । राजपाका वरिष्ठ नेता महन्थ ठाकुरले सर्लाही ३ बाट पनि चुनाव लड्न प्रस्ताव राखेका छन् ।




प्रतिक्रिया