Logo

मोगादिसुको होटलमा भएको आक्रमणमा २५ जनाको मृत्यु



मोगादिसु, १२ कात्तिक  : सोमालियाको राजधानी मोगादिसुका दुई ओटा होटल अगाडी शनिबार भएको बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

घटनामा परी अन्य ३० जना घाइते भएको प्रहरी अधिकारीलाई उदृत गर्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लगातार गोली हानाहान भएपछि घाइतेलाई सुरक्षाकर्मीले चाँडोभन्दा चाँडो उद्धार गरेका थिए ।

अतिवादी आतङ्कारी समूह अल शाबाबले घटना आफुहरुले गराएको भन्दै जिम्मेबारी लिएको छ । उनीहरुले आफ्ना लडाकूहरु होटलभित्रै रहेको दावी पनि गरेका छन् ।

मोगादिसुको अति व्यस्त सहरमा ट्रक बम विस्फोटन भएर ३५० जनाभन्दा बढीको मृत्यु भएको दुई हप्तापछि अर्को विस्फोटनको घटना भएको हो ।

सोमालियाको राजधानी मोगादिसुमा सो विस्फोटनबाट अहिले सम्मकै धेरै क्षती पुर्याएको बताएको छ । सो घटनामा अल शबाबको हात रहेको सोमालिया सरकारले बताउदै आएको छ ।

शनिबार भएका दुई विस्फोटनमध्ये एउटा विस्फोटन भएको केही समयपछि अर्को विस्फोटन भएको थियो । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्