Logo

इटलीका प्रधानमन्त्री सोमबार भारत भ्रमणमा आउने



नयाँदिल्ली, १२ कात्तिक : इटलीका प्रधानमन्त्री पाओलो गेन्टीलोनी सोमबार भारत भ्रमणमा आउन लाग्नुभएको छ ।

औपचारिक भ्रमणको रुपमा उहाँ भारत आउन लाग्नुभएको भारतको विदेश मामिला मन्त्रालयले जनाएको छ । झण्डै दशकभन्दा बढी समयपछि इटलीका प्रधानमन्त्रीको यो पहिलो भारत भ्रमण हुन लागेको अधिकारीले बताएका थिए ।

यसअघि गत सन् २००७ को फेब्रुअरीमा इटलीका प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुभएको थियो ।अहिलेका प्रधानमन्त्रीको भ्रमण टोलीमा उहाँकी श्रीमती र अरु १५ जना प्रतिनिधिमण्डलका सदस्य हुनुहुने छ ।

प्रधानमन्त्री गेन्टीलोनीले सोमबार नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारका उच्च अधिकारीसँग भेटबार्ता गर्नुहुने भएको छ ।भारतीय प्रधानमन्त्री मोदीको नियमन्त्रणमा इटलीका प्रधानमन्त्रीको भ्रमण हुन लागेको विदेश मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

उनीहरुले दुई देशको राजनीतिक र आर्थिक सम्वन्ध थप बलियो बनाउने भ्रमणको मुख्य उद्देश्य रहेको पनि जानकारी दिएका छन् । सन् २०१६ र २०१७ को कारोबार हेर्दा युरोपेली संघमा आवद्ध देशमध्ये इटली भारतको पाँचौं ठुलो व्यापारिक साझेदार मुलुक हो ।

त्यसैगरी भारतमा लगानी गर्ने देशमध्ये इटली तेह्रौं ठुलो लगानीकर्ता हो । भारतमा उनीहरुको लगानीमा झण्डै ६०० ओटा व्यापारिक तथा औद्योगीक प्रतिष्ठान रहेका छन् ।विषेशगरेर फेसन, पोशाक, मोटरकार र आपतकालिन सेवालगायतका क्षेत्रमा इटलीको लगानी भएको देखिन्छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्