चुनाव तोकिएको मितिमा हुन्छ, आशंका नगर्नुस, गठबन्धनले साझा उम्मेदवार बनाउँछ : मन्त्री गौतम


कात्तिक १२, काठमाण्डौ । सिंचाईमन्त्री संजय गौतमले तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिवद्ध भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्धारित समय मंसिर १० र २१ गते नै चुनाव गराउने दाबी गर्दै मन्त्री गौतमले चुनाव कुनै पनि हालतमा नसर्ने बताउँदै आशंका नगर्न आग्रह गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कर कार्यक्रममा बेल्दै मन्त्री गौतमले सर्वोच्च अदालतले निर्वाचन आयोगसँग जवाव माग्दैमा चुनाव प्रभावित नहुने बताए । मन्त्री गौतमले भने “अदातलको कार्यक्षेत्रमा हामी प्रवेश गर्दैनाँै । निर्वाचन आयोगले पनि अहिलेसम्म चुनाव गराउन सक्दिन भनेको छैन ।”

क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा नेपाली कांग्रेसका नेतासमेत रहेका गौतमले यसअघि स्थानीय निकायको चुनाव पनि गराउँदैन भनेर यसरी नै प्रचार गरिएको स्मरण गराउँदै चुनाव नचाहने तत्वले आशंका गरेको आरोप लगाए ।

नेपाली कांग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका गौतमले आफुले चुनाव जित्ने दाबी समेत गरे । नेकपा एमालेका उपाध्यक्ष बामदेवसमेत सोही क्षेत्रबाट चुनाव लड्ने स्मरण गराउँदै बस्नेतले भने, “राम्रै मान्छेसँग प्रतिस्पर्धा हुँदैछ । तर मलाई जनताले विश्वास गरेका छन् । मैले पनि जनतालाई विश्वास गरेको छु ।”

फरक प्रसङ्गमा मन्त्री गौतमले लोकतान्त्रिक गठबन्धन मजबुत हुने दाबी गरे । वाम गठबन्धनका कारण लोकतान्त्रिक गठबन्धनको आवश्यकता जरुरी रहेको गौतमले बताए । लोकतान्त्रिक गठबन्धन निर्माणको प्रयास जारी रहेको बताउँदै गौतमले भने, “स्थानीय तहको चुनावी नतिजाका आधारमा तालमेल हुन्छ ।”
गठबन्धनले साझा उम्मेदवार बनाएर चुनाव लड्ने गौतमको भनाई छ ।