कात्तिक १२, काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधीसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै बनाउने निर्णय गरेको छ । सर्वोच्च अदालतले दुई वटा मतपत्र किन नछाप्ने भनि आयोगलाई जवाफ माग गरेपछि निर्वाचन आयोग पछि हटेको हो ।
आयोगका प्रमुख अयोधिप्रसाद यादवले कानुनविदसँगको छलफलपछि मतपत्र दुईवटा छाप्ने निर्णय गरेका हुन् । अदालतको मर्म र भावनालाई बुझेर मतपत्र दुईवटा छाप्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
अदालतले मागेको जवाफ भोली पठाउने तयारी आयोगको रहेको ढकालले बताए । दुईवटा मतपत्र छापेर समयमै चुनाव गराउन आयोग सक्षम रहेको प्रवक्ता ढकालले बताए ।
ेको छ ।




प्रतिक्रिया