वाम गठबन्धनप्रति सर्लाहीमा एमालेको आपत्ति, जिल्ला अध्यक्ष भन्छन्, “जहाँ एमालेले जित्न सक्छ त्यहाँ माओवादीको भाग प¥यो”


कात्तिक १३, काठमाण्डौ । नेकपा एमालेका नेता रेवती पन्तले सर्लाही जिल्लामा वाम गठबन्धनले बाँडफाँट गरेको सिट वैज्ञानिक नभएको भन्दै आपत्ति जनाएका छन् । गठबन्धनको उद्देश्य अनुसार सिट संख्या बाँडफाँट नहुँदा सर्लाहीका नेता, कार्यकर्ता निराश भएको पन्तको भनाई छ ।

सर्लाही जिल्लाका एमाले अध्यक्षसमेत रहेका पन्तले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै ६०–४० प्रतिशतका आधारमा बाडिएको सिट एमाले र माओवादी दुवैको हितमा नभएको बताए । “जहाँ माओवादीले जित्न सक्छ त्यहाँ एमालेको भाग प¥यो, जहाँ एमालेले जित्न सक्छ त्यहाँ माओवादीको भाग प¥यो । जसले गर्दा सम्पूर्ण कार्यकर्ता निराश र चिन्तित छन् ।” पन्तले भने ।

गठबन्धन बन्दा पनि सर्लाही जिल्लाबाट जित्न नसकिने गरी बाँडफाँट गरिएको आरोप पन्तको छ । आफू सर्लाही एमालेको अध्यक्षको हैसियतले जिल्लाको अवस्थाको बारेमा केन्द्रमा रिपोर्ट पेश गरेपनि त्यस अनुसार सिट भागबण्डा नगरिएकोमा पन्तले आपत्ति जनाए । “एमालेले कसको कुरा सुन्ने हो । कहाँबाट निर्देशित भएर निर्णय हुन पुग्यो । अचम्म लागेको छ ।” पन्तले भने ।