कात्तिक १४, काठमाण्डौ । समानुपातिकतर्फको मतपत्र पनि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्छ भन्ने मागसहित अदालतमा मुद्दा परपछि निर्वाचन आयोग तनाबमा परेको छ ।
यदी समानुपातिकतर्फको मतपत्र पनि बेग्ला बेग्लै चाहिन्छ भनेर अदालतले भन्यो भने समय अभावका कारण मतपत्र छपाई गर्न नभ्याइने निश्चित छ ।
मतपत्र बेग्लाबेग्लै बनाउनुपरेको अवस्थामा मतपेटिकासमेत चारवटा चाहिने र सोही अनुसार कर्मचार पनि थप्नु पर्ने भएकाले अवस्थाका कारण आयोगले व्यवस्थापन गर्न नसक्ने देखिन्छ ।
अर्कोतिर समानुपातिकतर्फको मतपत्र छपाईको काम सकेर प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारीमा रहेको आयोगले पुनः समानुपातिकको मतपत्र छाप्नका लागि नभ्याउने देखिन्छ । देशसभा र प्रतिनिधीसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र पनि छुट्टाछुट्टै चाहिन्छ भन्दै सोमबार सर्वोच्चमा मुद्दा दायर भएको थियो ।
अधिवक्ता सुनिलकुमार पटेलले समानुपातिकतर्फको मतपत्र पनि बेग्लाबेग्लै व्यवस्था नगरिएको भन्दै निर्वाचन अयोगविरुद्ध मुद्दा दायर गरेका हुन् ।
पटेलले छापिइसकेको समानुपातिकतर्फको मतपत्र प्रतिनिधीसभा र प्रदेशसभाकौ एकै ठाउँमा भएको भन्दै मुद्दा दायर गरेका हुन् ।
उक्त मतपत्र बदर गरेर छुट्टै मतपत्र छाप्न माग गरिएको छ ।
यसअघि प्रत्यक्षतर्फको मतपत्र बेग्लै बेग्लै छाप्नुपर्छ भन्ने मागसहित परेको मुद्दामा सर्वोच्चले निर्वाचन आयोगसँग किन एउटै मतपत्र प्रयोग गरियो भन्ने प्रश्नको जवाफ मागेको थियो । सर्वोच्चले जवाफ मागेपछि आयोगले बेग्लाबेग्लै मतपत्र छाप्ने निर्णय गरेको थियो ।
तर समानुपातिकतर्फको मतपत्र छापिइसकेको हुनाले सर्वोच्चले प्रत्यक्षतर्फको मतपत्र जस्तै समानुपातिकतर्फको मतपत्र बेग्ला बेग्ले आवश्यक पर्ने आदेश दिएको खण्डमा तोकिएको मितिमा चुनाव हुन नसक्ने अवस्था छ । चुनाव आउन एक महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा समानुपातिकतर्फको मतपत्र पुनः छाप्नु परेमा समय अभावका कारण चुनावको मिति सार्नुपर्ने देखिन्छ ।




प्रतिक्रिया