कात्तिक १४,काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले नेपाली कांग्रससँगको चुनावी तालमेल छलफलकै चरणमा रहेका बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै यादवले आज अन्तिम छलफल गरिने बताए । अहिलेसम्मको छलफलले केही पनि टुङ्गो नलागेको बताए ।
कांग्रेसले आजसम्मको समय मागेकाले आज अन्तिम छलफल गरिने यादवको भनाई छ । फोरम र राजपाले जित्ने ठाउँमा तालमेल नगरिने यादवले बताएका छन् ।
तालमेलका लागि कांग्रेसको कोर्टमा बल भएको बताउँदै यादवले राजपा र फोरमको सहमतिलाई ख्याल गरेर तालमेलका लागि तयार हुनुपर्ने बताए ।
तीनवटै दल मिलेर उचित तालमेल गर्ने हो भने राम्रो नतिजा आउने तर बेग्ला बेग्लै चुनाव लड्ने हो भने २ नम्बर प्रदेशमा आफुहरुले कब्जा गर्ने यादवको दाबी छ ।
फोरमसँगको छलफल अन्तिम चरणमा पुगेको र आजै सहमति गरेर तालमेल टुङ्गो लगाइने यादवले जानकारी दिए ।
मधेशी जनताको अधिकार र पहिचान स्थापित गर्नका लागि नै मिल्नुपर्ने अवस्था रहेको यादवको भनाई छ ।




प्रतिक्रिया