माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ


काठमाडौं, १४ कार्तिक । सर्वोच्च अदालतले हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।

मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो । सर्वाेच्च अदालतले दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका महानिरीक्षकमाथि समेत मानहानीको मुद्दा दायर भएपछि उनलाई पक्राउ गर्न प्रहरी तातेको थियो ।

उनलाई मंगलबार विहान प्रहरीले सातदोबाटोबाट पक्राउ गरी सिआईबीको हिरासतमा राखेकोछ ।