चितवन, कात्तिक १४ । वनमन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ मा रहेका नेपाली कांग्रेसका सबै कार्यकर्ताको भोट आफूले पाउने दाबी गरेका छन् ।
भरतपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीरुसँग कुरा गर्दै चितवन क्षेत्र नम्बर ३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसमेत रहेका पाण्डेले नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताको सुझाव र सल्लाहमा आफूले उम्मेदवारी घोषणा गरेको बताए ।
उनले क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकको संगठन राम्रो रहेकाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।
यही क्षेत्रबाट निर्वाचन लड्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्ना प्रतिस्पर्धी मध्येको एक भएको उनको भनाइ थियो । उनले आफू कांग्रेसको भोटले नै प्रचण्डलाई चुनाव हराउन सफल भएको बताए ।




प्रतिक्रिया