प्रत्यक्षतर्फको उम्मेदवार गलत मान्छेलाई बनाइएको भन्दै कांग्रेस कास्कीमा विवाद


कात्तिक १५, काठमाण्डौ । प्रतिनिधीसभाको प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्गो लगाउन नेपाली काग्रेसको संसदीय बोर्ड बैठक बसेको छ । भोली निर्वाचन अयोगमा प्रत्यक्षतर्फको उम्मेदवारीको सूचि बुझाउनुपर्ने भएकाले आजै टुङ्गो लगाउने गरी बैठक बसेको हो ।
यसैबिच प्रदेश नम्बर ४ को कास्कीबाट प्रत्यक्ष निर्वाचनको सूचिमा राखिएको उम्मेदवारको नामलाई लिएर कांग्रेसमा विवाद भएको छ । कास्की क्षेत्र नम्बर १ को खमा तिलक रानाभाटलाई टिकट दिने भएपछि त्यहाँका कांग्रेस कार्यकर्ताले विरोध गरेका हुन् ।

त्यस क्षेत्रबाट पुष्पमणि भण्डारीलाई टिकट दिनुपर्ने माग राख्दै कार्यकर्ताले विरोध जनाएका हुन् । रानाभाटसँग पैसा खाएर भण्डारीलाई पाखा लगाइएको आरोप कार्यकर्ताको छ ।