कमल थापा र पशुपतिसँग कुरा मिलेपछि उपेन्द्र र महन्थसँग देउवाको निर्णायक वार्ता सुरु


काठमाडौं, १५ कार्तिक । चुनावी तालमेलको लागि कुरा मिलाउनको लागि नेपाली कांग्रेसको नेतृत्वमा राजपा नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरम नेपालवीच बैठक जारी छ ।

मंगलबार साँझ अबेरसम्म बसेको बैठकमा राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग कुरा मिलेपनि राजपा नेपाल र फोरम नेपालसँग कुरा मिलेको थिएन । तर, अहिले कुन क्षेत्रमा कसलाई सघाउने भन्ने विषयमा अन्तिम निर्णय लिनको लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा सबै पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

बैठकमा सुरुमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव र महन्थ ठाकुरसँग निर्णायक बार्ता गरिरहेका छन् ।