Logo

वाम गठबन्धन अहिलेको आवश्यकता : उपाध्यक्ष रावल



बैतडी, १५ कात्तिक (रासस) : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वाम गठबन्धन अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

बैतडीको खोडपेमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले नेपाली जनतालाई अस्थिर राजनीतिबाट मुक्त गराउन वाम गठबन्धन आवश्यक रहेकोे स्पष्ट पार्नुभयो ।

नेता रावलले आगामी निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याइ विजयी हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा बहुमत ल्याउछौँ अनि आर्थिक समृद्घितिर अग्रसर हुनेछौं ।”



प्रतिक्रिया दिनुहोस्