डडेल्धुरा, १५ कात्तिक : आपूर्तिमन्त्री जयन्त चन्दले प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा लोकतन्त्रमा विश्वास गर्ने दलहरूबीचको सहकार्य नटुट्ने बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँगको भेटघाटमा मन्त्री चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टीले काँग्रेससँग गरेको सहकार्य कायम रहिरहने बताउनुभयो ।
बैतडीबाट सामानुपातिकका उम्मेदवारसमेत रहेका मन्त्री चन्दले काँग्रेससँग केही सैद्धान्तिक मतभिन्नता रहेपनि लोकतन्त्रमा आस्था राख्ने दल भएकाले सहकार्य गरिएको उहाँको भनाइ थियो ।
दुवै चरणका चुनाव प्रक्रियामा आफूहरूको एकता कायम रहिरहने उहाँको भनाइ थियो ।(रासस)




प्रतिक्रिया