काठमाडौंको मनोनयन दर्ता यी ५ ठाउँबाट जारी (फोटोफिचर)


काठमाडौं, १६ कात्तिक । काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि ५ ठाउँबाट मनोनयन दर्ता भैरहेको छ ।
निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को उम्मदेवारी दर्ता राष्ट्रिय सभागृहबाट भैरहेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ५ र ७ को मनोनयन दर्ता थापागाउँस्थित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यालयबाट हुनेछ ।निवार्नचन क्षेत्र नम्बर ६ को मनोनयन दर्ता बबरमहलस्थित काठमाडौं जिल्ला समन्वय समितिको कार्यालयमा हुने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर ८ को मनोनयन दर्ता बबरमहलकै भू तथा जलाधार संरक्षण विभाग वन परिसरमा हुनेछ । निर्वाचन क्षेत्र नम्बर ९ र १० को मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु पनि मनोनयन दर्तास्थलमै खडा गरिएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे