Logo

युरोपा लिग फुटबलमा आर्सनल अर्को चरणमा प्रवेश



काठमाडौं, १७ कात्तिक । इंग्लिश फुटबल क्लव आर्सनल युरोपा लिग फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।

युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा सर्बियाको रेडस्टार बेलग्रेडसँग गोलरहित बराबरी खेले पनि आर्सनलले अर्को चरणमा ठाउँ सुरक्षित गरेको हो ।

समूहका ४ खेलबाट आर्सनलले १० अंक जोडेको छ । दोस्रो स्थानको रेडस्टार बेलग्रेडको ५ अंकमात्रै छ । युरोपा लिग अन्तर्गत गएराति भएका अन्य खेलमा फ्रान्सको निसलाई १–० ले हराँउदै ईटालीको लाजियो र स्विट्जरल्याण्डको योङ ब्वाईजलाई १–० ले हराउँदै युक्रेनको डाईनामो किभ पनि अर्को चरणमा उक्लेका छन् ।

यसैगरी रुसको जेनिथ सेन्ट पिट्सवर्ग र रोमानियाको स्टावा बुकारेष्ट पनि प्रतियोगिताको अन्तिम ३२ भित्र पर्न सफल भएका छन् । इंग्ल्याण्डको एभर्टन भने समूह चरणबाटै बाहिरिने पक्का भएको छ ।

गएरातिको खेलमा फ्रान्सको लियोंसँग ३–० ले पराजित भएपछि एभर्टन समूह चरणबाटै बाहिरिएको हो । ४ खेलबाट एभर्टनले १ अंकमात्रै जोडेको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्