Logo

चीनमा प्रतिलिपी अधिकार उलंघन गर्ने एक हजार छ सय वेभसाइट बन्द



वेईजिङ, १७ कात्तिक : चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् ।

प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् ।

प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा सुरु गरेका हुन् ।

चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपी अधिकार उलंघन गर्नेहरु विरुद्धको कारबाही अभियान चलाएका छन् । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्