काठमाडौं, १७ कार्तिक । वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज विहान फोन गरेर झापा क्षेत्र नम्बर ३ बाट उम्मेद्धवार बनेका कृष्णप्रसाद सिटौलालाई ढुक्क भएर बस्नु भन्दै आफूहरुको सहयोग रहेको आश्वासन दिएक थिए ।
सिटौला उम्मेद्धवार बनेदेखि नै राष्ट्रिय राजनीतिमा व्यापक हल्लीखल्ली मच्चिएको छ । यसअघि वाम गठबन्धनले राप्रपाका राजेन्द्र लिङ्देललाई सहयोग गर्ने भन्दै गठबन्धनको तर्फबाट कुनै उम्मेद्धवारी दिएको थिएन् ।
तर अहिले आएर वामगठबन्धनले उक्त क्षेत्रमा उम्मेद्धवारी नदिनुको प्रमुख रहस्य खुलेको छ । ओली र प्रचण्डको रणनैतिक सहयोग सिटौलालाई र देखावटी सहयोग लिङ्देललाई गर्ने पुष्टि भएको छ ।
सुरुमा सिटौलालाई पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिकको लिष्टमा राखेका थिए । तर सिटौलाले सुरुवातमै आफ्नो असन्तुष्टि पोखेका थिए ।
सिटौलाको धम्कीबाट डराएका देउवा समेत राप्रपासँगको चुनावी तालमेल बरु नभएपनि नहोस् तर सिटौलालाई मनाउनुपर्छ भन्ने पक्षमा पुगेका थिए ।




प्रतिक्रिया