गुल्मीमा उल्लासमय रुपमा मनोनयन सकियो

0
Shares

कौरव खत्री : गुल्मी १७ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि गुल्मीका सात राजनैतिक दल र स्वतन्त्र उमेदवारहरुले हर्षोउल्लासका साथ कार्तिक १६ गते मनोनयन गरेका छन ।

जिल्लाका दुई प्रतिनिधी सभा र चार प्रदेश सभाका लागि उत्साहका साथ मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाका सवै स्थानमा शान्ति र खुसियालीका साथ मनोनयन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत राम प्रसाद न्यौपानेले जानकारी दिए । ‘मनोनयन सवै स्थानमा सकियो,उमेदवारको विवरण आउने क्रम जारी छ,’उनले भने,‘जनताको व्यापक उपस्थितीमा पार्टीहरुले मनोनयन गरे ।’ मनोनयन समयमा राजनैतीक दलहरुबिच हुनसक्ने संभावित घटनालाई मध्येनजर राख्दै सुरक्षा व्यावस्था कडा राखिएको थियो ।

नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा म्यादी प्रहरी मार्फत मनोनयन दर्ता हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सुरक्षा घेराभित्र राखिएको एसपी अनुगकुमार द्धवेदीले बताए ।

गुल्मीका विभिन्न पार्टीहरुका उमेदवारहरुको सुची

प्रतिनिधी सभा १

नेपाली कांग्रेस चन्द्र भण्डारी
बाम गठबन्धनको तर्फबाट एमाले  प्रदिप ज्ञवाली
नयाँशक्ति नेपाल  तेज बहादुर थापा
जनमोर्चा  छविलाल सर्तुङ्गी
देशभक्त पार्टी  केशव अधिकारी
स्वतन्त्र लक्ष्मण भण्डारी


प्रतिनिधी सभा २
कांग्रेस  चन्द्र केशी
बाम गठबन्धनको तर्फबाट एमाले गोर्कण बिष्ट
नयाँ शक्ति गणेश कुवंर
जनमोर्चा  रामेश्वर खत्री
मंगोल नेशनल अर्गनाइजेशन  पदम थापा
स्वतन्त्र  चुरामणी भण्डारी, गिता पाण्डेय, अर्की गिता पाण्डे

प्रतिनिधी सभा १ प्रदेश ‘क’
कांग्रेस  पृथ बहादुर फौजदार
बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्र  सुर्दशन बलाल
जनमोर्चा ओम बहादुर कुवंर
नयाँशक्ति सरोज गुरुङ्ग
राप्रपा प्रजातान्त्रिक  बसन्त बिक्रम पाण्डेय
स्वतन्त्र  रेशमराज न्यौपाने, बिष्णु घर्ति, कृष्ण बहादुर थापा

प्रतिनिधी सभा १ प्रदेश ‘ख’

कांग्रेस धनेन्द्र कार्की
बाम गठबन्धनको तर्फबाट एमाले  कमलराज श्रेष्ट
जनमोर्चा टेक बहादुर खत्री
नयाँशक्ति पदम बहादुर खत्री
स्वतन्त्र अम्मर बहादुर कुवंर, चन्द्रकला पाण्डेय

प्रतिनिधी सभा २ प्रदेश ‘क’

कांग्रेस शालिकराम पन्थी
बाम गठबन्धनको तर्फबाट एमाले खडग बहादुर खत्री
जनमोर्चा  हरिलाल न्यौपाने
नयाँशक्ति  घनश्याम पाण्डेय
स्वतन्त्र  धनिश्वर गौतम
प्रतिनिधी सभा २ प्रदेश ‘ख’

कांग्रेस  छन्द बहादुर पहराई
बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्र  दिनेश पन्थी
जनमोर्चा  धन बहादुर थापा क्षेत्री
नयाँशक्ति  धुव्र बहादुर कुवंर
मंगोल नेशनल अर्गनाइजेशन  कमल सिंजाली मगर