विवेकशीलका उम्मेद्धवार चिलुवाल भन्छन्,‘कांग्रेस सागबाट गुन्द्रुक भैसक्यो’


काठमाडौं, १७ कार्तिक । विवेकशील पार्टीका काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवार रमेश चिलुवालले मुलुकमा पछिल्लो समय देखिएको असँगति र विसँगतीको विरुद्धमा आफ्नो उम्मेद्धवारी भएको स्पष्ट पारे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा उनले भने,‘म यो गर्छु उ गर्छु भनेर उम्मेद्धवार बनेको होईन, यो क्षेत्रको असल प्रतिनिधित्व भएर देखाउँछु, अरु केही सस्तो नारा हाम्रो छैन्।’

त्यस्तै उनले आफू पहिले कांग्रेस भएपनि कांग्रेस अहिले सागबाट गुन्द्रक भैसकेकोले अब गुन्द्रुक कुनैपनि हालतमा साग बन्नै नसक्ने आरोप लगाए । उनले थपे,‘कांग्रेस भनेको नोकियाको फोनजस्तै भयो, अब अहिले त सामसुङ स्मार्टफोनको जमाना हो।’ उनले आफूहरु कुनै दलसँगपनि मिसिने सम्भावना नरहेको जिकिर गरे ।

कार्यक्रममा तीन वटै पार्टीका उम्मेद्धवारले पत्रकार ऋषि धमलासँगक आफूहरुको स्वच्छ प्रतिष्पर्धा हुने भन्दै क्लबले आजबाट सुरु गरेको चुनावी अभियानले आफूहरुलाई हर्षित बनाएको धारणा राखेका थिए ।

क्लबका सभापति ऋषि धमलाले आजैबाट क्लबले देशव्यापी रुपमा चुनावी अभियान चलाउन सुरु गरेको समेत जनाए । उनले भने,‘चुनाव स्वच्छ, भयरहित, स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्नको लागि हामी अब मेचीदेखि महाकालीसम्म चुनावी अभियान लिएर निस्किन्छौं, हामी सबै उम्मेद्धवारहरुलाई एक ठाउँमा राखेर चुनावी बहस गर्छौं, चुनाव सफल रुपमा सम्पन्न हुनु नै संविधान कार्यान्वयन भएर मुलुक समृद्धितिर जान्छ।’